तोलामा २ सयले बढ्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 17, 2022 | 11:01:19 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुनको भाउ बढेको छ । आइतबार तोलाको ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार ३ सय रुपैयाँ पुगेको छ । 

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला २ सय रुपैयाँले नै बढेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ भने तोलाको १ हजार १६० सय रुपैयाँमा स्थिर छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार ९ सय ९० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ७९ हजार ५ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ९ सय ९४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved