सुनचाँदीको भाउ बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2022 | 11:19:38 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार तोलाको ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार ४ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला १ सय रुपैयाँले नै बढेर ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार १८० सय रुपैयाँमा किनबेच हुँदैछ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८० हजार ७५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ७९ हजार ६ सय ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ११ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved