धनतेरसकै दिन १५ सयले बढ्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 22, 2022 | 01:12:20 PM मा प्रकाशित

laxmi  sunrise bank

आज शनिबार सुनको भाउ बढेको छ । शुक्रबार तोलाको ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज धनतेरसकै दिन तोलामा एकैपटक १५ सय रुपैयाँले ज्ञढे प्रतितोला ९४ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला १५ सय रुपैयाँले नै बढेर ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ भने प्रतितोला ४५ रुपैयाँले बढेर तोलाको १ हजार २१५ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८० हजार ५ सय ९० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८० हजार १ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ४१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved