सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2023 | 10:58:54 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनको भाउ बढेको छ। हिजो बिहिबार तोलाको १ लाख ३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३ हजार ९ सय रुपैयाँ पुगेको छ । 

तेजाबी सुनको भाउ पनि आज तोलामा ५ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ३  हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ३ सय ६५  रुपैयाँमा कायम भएको  छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८९ हजार ८० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८८ हजार ६ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ७० रुपैयाँ कायम गरेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved