सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदै छ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2023 | 10:50:17 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुनचाँदीको भाउ बढेको छ। आइतबार तोलाको १ लाख ५ हजारमा कारोबार भएको भएको छापावाल सुन आज तोलामा ३ सयले बढेर प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ।

तेजाबी सुनको भाउ पनि आज तोलामा ३ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको भाउ ५ रुपैयाँले बढेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ९० हजार २ सय ८० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८९ हजार ८ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ८३ रुपैयाँ कायम गरेको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved