सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2023 | 10:45:08 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनचाँदीको मूल्य बढेको छ। मंगलबार तोलाको १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि आज प्रतितोला ५ सय रुपैयाँले नै बढेर तोलाको १ लाख ८ हजार रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेर तोलामा १ हजार ३ सय ६५ रुपैयाँमा किचबेच भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९३ हजार २० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९२ हजार ५ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ७० रुपैयाँ कायम भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved