सुनको मूल्य घट्यो चाँदीको बढ्यो, कतिमा हुँदै छ कारोबार?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 30, 2023 | 10:45:05 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनको मूल्य घटेको छ। बुधबार तोलाको १ लाख ८ हजार ५ सय  रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि आज प्रतितोला ३ सय रुपैयाँले नै घटेर तोलाको १ लाख ७ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

आज चाँदीको भाउ भने बढेको छ। प्रतितोला १० रुपैयाँले बढेर तोलामा १ हजार ३ सय ७५ रुपैयाँमा किचबेच भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९२ हजार ७ सय ६५ रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९२ हजार ३ सय ३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ७९ रुपैयाँ कायम भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved