हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2023 | 10:39:06 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सोमबार तोलाको १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा एक हजारले बढेर  प्रतितोला १ लाख ९ हजार  रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि आज प्रतितोला हजार रुपैयाँले नै बढेर तोलाको १ लाख ८  हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ ।  सुनको भाउसँगै आज चाँदीको भाउ पनि १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय रुपैयाँमा किचबेच भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९३ हजार ४ सय ५० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९३ हजार २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय  रुपैयाँ कायम भएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved