सुनको भाउ बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2023 | 10:38:20 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुनको भाउ बढेको छ । आइतबार तोलाको  १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि आज प्रतितोला ३ सय रुपैयाँले नै बढेर तोलाको १ लाख १० हजार ३५० रुपैयाँमा किनबेच भइरहेको छ । 

आज चाँदीको भाउ भने प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९५ हजार ८० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९४ हजार ६ सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ३९ रुपैयाँ कायम गरेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved