सुनको भाउ स्थिर, चाँदीको बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 12, 2023 | 11:41:02 AM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार सुनको भाउ स्थिर छ भने चाँदीको भाउ बढेको छ । सोमबार प्रतितोला १ लाख १२ हजारमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मुल्यमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन पनि १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा स्थिर छ । त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार २० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९५ हजार ५ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ४ रुपैयाँ ५० रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved