हजार रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2023 | 10:43:28 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनचाँदीको भाउ बढेको छ । हिजो मंगलबार प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ हजार रुपैयाँले बढेको हो । 

आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन तोलामा १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता, चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २ हजार २५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १ हजार ५५ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ५६ रुपैयाँ तोकेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved