आज बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 29, 2024 | 10:40:04 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार सुनको भाउ बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । बुधबार प्रतितोला १ लाख १८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सय रुपैयाँले बढेको हो । आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य आज स्थिर छ । यस दिन चाँदि प्रतितोला १ हजार ३७५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १ हजार ५ सय १० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १ हजार ४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ७९ रुपैयाँ तोकेको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved