आज २ हजारले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2024 | 10:40:11 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । शुक्रबार प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ हजार रुपैयाँले बढेको हो । आज छापावाला सुन प्रतितोला १ लाख २१ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य आज ३० रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३ हजार ७४० सय १० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ३ हजार २२५  रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ९० रुपैयाँ तोकेको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved