सुनको कोटा दुरुपयोगबारे आन्तरिक छानबिनको माग, गुप्ता भन्छन्, ‘संघले होइन, राज्यले गर्नुपर्छ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2024 | 09:46:39 AM मा प्रकाशित

laxmi  sunrise bank

सुनको कोटा दुरुपयोग भएको विषयमा नेपाल रत्न तथा आभूषण संघमा आन्तरिक छानबिन समिति गठनको माग भएको छ । संघका उपाध्यक्ष निर्मलज्योति तुलाधरले वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले कोटा दुरुपयोगको विषय उठान गरेको र यसमा आफ्नो समेत संलग्नता छ भनेर किटान गरेको भन्दै आन्तरिक छानबिन समिति गठन गर्न माग गरेका हुन् ।

गुप्ताले उठाएको विषयले आफ्नो सामाजिक र व्यवसायिक प्रतिष्ठामा आँच आएको भन्दै उपाध्यक्ष तुलाधरले यस सम्बन्धमा छानबिन गर्न संघले समिति बनाउनुपर्ने माग गरेका हुन् । उनले संघका अध्यक्ष सुमनमान ताम्राकारलाई पत्र लेखेरै वरिष्ठ उपाध्यक्ष गुप्ताले आफू र आफ्नो परिवारका सदस्यको नाममा रहेका कम्पनी तथा फर्मप्रति लक्षित गर्दै कोटा दुरुपयोग र तस्करीको आरोप लगाएकाले यसबारे आन्तरिक छानबिन हुनुपर्ने माग गरेका छन् । 

उनले आफ्नो कम्पनी र फर्मको ५ वर्षदेखिको सबै हरहिसाब र कारोबार देखाउन आफू तयार रहेको दाबी गरेका छन् । उपाध्यक्ष तुलाधरले गोल्ड स्पट प्रा.लि., फाईभ स्टार बुलियन्स र स्वर्ण लक्ष्मी इन्टरप्राइजेज गरि ३ वटा कम्पनी तथा फर्मबाट सुनको कोटा लिइरहेको भने स्वीकार गरेका छन् । 

यसैबीच, सुनको कोटा दुरुपयोगको विषय उठान गर्ने संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले भने आफू पदाधिकारी रहेको संघमा आफैँमाथि छानबिन गरियोस् भनेर निवेदन दिने कुरा नै हाँसोलाग्दो भएको बताएका छन् । 

‘आफू संघको पदाधिकारी, अध्यक्षको व्यवसायिक साझेदार पनि, अनि त्यहीँ संघमा आन्तरिक छानबिन होस् भनेर निवेदन दिने कुरा हास्यास्पद छ’ गुप्ताले भने, ‘आफू पदाधिकारी रहेको संघले कसरी छानिबन गर्छ ? छानबिन गरिहाल्यो भने पनि त्यसले क्लिन चिट दिन्छ भन्ने कुरा पहिल्यै थाहा छ भने यो नाटकको जरुरी छैन । साँच्चै कुनै कमजोरी थिएन भने राज्यका निकायलाई म माथि छानबिन गरियोस् भन्न सक्नुपथ्र्यो नि ।’

उनका अनुसार यस विषयमा अब सरकारले नै चासो दिएको र सुन तस्करी नियन्त्रण सम्बन्धि जाँचबुझ आयोगले समेत औल्याएको विषय भएकाले राज्यले नै छानबिन गर्नेछ ।

‘ढिलो चाँडो हो, अब सरकारले नै यस सम्बन्धमा एक्सन लिन्छ’ उनले भने । 



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved