सुन र चाँदीको मूल्य हालसम्म कै महँगो, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2024 | 10:36:25 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १ हजार रुपैयाँले बढेर प्रति तोला १ लाख ३४ हजार रुपैयाँमा कारोबार भईरहेको छ। यो हालसम्म कै उच्च मूल्य हो ।

 त्यस्तै आज तेजावी सुन पनि तोलामा १ हजार रुपैयाँले बढेर प्रति तोला १ लाख ३३ हजार ३ सय ५० रुपैयाँमा  कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता, चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको यो मूल्य पनि हालसम्म कै उच्च हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १४ हजार ८८५  रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १४ हजार ३२५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १४ सय १४.५० रुपैयाँ तोकेको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved