स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा तारानाथ पौडेले नियुक्त भएका छन् । स्वास्थ्य मन्त्री दिपक बोहराले पुस ३० गते उनलाई महानिर्देशकमा नियुक्त गरेका हुन् ।
डा पौडेलले पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयको प्रमुखका रुपमा काम गरिसकेकका छन् । उनलाई महानिर्देशक बनाएसँगै डा राजेन्द्र पन्तलाई मन्त्रालय तानिएको छ । महानिर्देशकको जिम्मेवारी पाएपछि उनले मंगलबार पद बहाली गरेका छन्।