स्यानिटाईजरमा नेपालका कम्पनीलाई ऐन, विदेशीलाई चैन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 14, 2020 | 03:12:42 PM मा प्रकाशित

laxmi  sunrise bank

स्यानिटाईजर दर्ता गर्नलाई थप गरिएको अवधी सकिएको छ। थप गरिएको असोज २२ गतेसम्मको अवधिमा दर्ता हुने कम्पनीको संख्या ४६ पुगेको नेपाल औषधि व्यवस्था बिभागले जनाएको छ। 

स्यानीटाईजर उत्पादन गर्ने नेपालका ४६ कम्पनी दर्ता भएपनि विदेशबाट ल्याएर बिक्रि गर्ने कति छन् भन्ने यकिन नभएको विभागले जनाएको छ। असोज २२ सम्म स्यानिटाइजर कम्पनीहरु दर्ता गर्ने समय दिईएकोमा विदेशी कम्पनीले पनि निवेदन दिएको तर दर्ता हुने क्रम प्रकृयामा रहेकाले संख्या यकिन हुन नसकेको बिभागले जनाएको छ। चैत्रदेखि असारसम्म विभागमा दर्ता हुनुपर्ने भनिएपनि अवधि ३ महिना थप गरेर असोजसम्म पुर्याईएको थियो । 

म्याद थप गरेर विदेशी कम्पनी ल्याउन नहुने नेपालका कम्पनीका माग विपरीत विभागले विदेशी कम्पनीका लागि अवधि थप गरेको हो। असोज २२ सम्म प्रक्रिया थालेकाहरु अझै पनि आए भने दर्ता हुन पाउने विभागले जनाएको छ । विभागको यो निर्णयको स्वदेशी औषधि उद्योगहरुले भने विरोध गर्दै आएका छन।

रि–प्याकिङ गर्ने कति छन् ?

भारत, चीन अथवा अन्य देशको उत्पादन नेपालमा ल्याएर पुनः प्याकिङ गरेर बिक्रि गर्नका लागि विभागबाट अनुमति लिनुपर्ने प्रावधान छ । तर, अहिलेसम्म बजारमा कुन कम्पनीले कति मात्रामा बाहिरबाट ल्याउँछन् र रि–प्याकिङ गर्छन् भन्ने तथ्यांक विभागसँग छैन।

‘रि–प्याकिङका लागि पनि विभागसँग अनुमति लिनुपर्छ’ विभागका प्रवक्ता शन्तोष केसी भन्छन्, ‘तर अहिलेसाँ रि–प्याकिङको अनुमतिका लागि कुनै पनि कम्पनीहरु आएका छैनन् ।’ 

बजारमा बिना दर्ताका, मिथानल मिसावट भएका स्यानिटाइजर बिक्रि भईरहेका बारे बजार अनुगमन भईरहेको विभागले जनाएको छ । बजारबाट नमूना परीक्षण गर्ने र कैफियत भेटिए उत्पादन नै गर्न नदिने गरी कारबाही गर्ने गरिएको विभागका प्रवक्ता केसी बताउँछन् ।

कोरोना भाइरसले विश्वभर महामारीको रुप लिंदै गर्दा सुरक्षाका उपायमा स्यानिटाइजरको प्रयोग पनि पर्ने भनिएपछि विश्वका अन्य देशहरुमा झैं नेपालमा पनि स्यानिटाइजरको प्रयोग  बढिरहेको छ। 

कोरोना फैलिदै गर्दा बजारमा स्यानीटाईजरको माग पनि बढेको छ। तर मागसंगै आपूर्ति बढ्दा बजारमा गुणस्तरहीन स्यानीटाईजर छ्यापछ्याप्ती उपलब्ध हुने गरेका छन्। बिभागले मिथानल जस्तो ज्यानै लिने हानिकारक तत्त्व मिसिएको स्यानीटाईजर बेच्ने केहि कम्पनीलाई कारबाही गरेपनि अझैं दर्जनौं कम्पनीका स्यानीटाईजर बिना दर्ता बजारमा बिक्रि भईरहेका छन्। 

औषधि व्यवस्था बिभाग, लगायतका सरकारी निकायको अनुगमन फितलो हुँदा चीन, भारत लगायतका देशबाट स्यानीटाईजर ल्याएर बिना कुनै दर्ता नेपालमा रिप्याकिङ गर्ने समस्या बढेको छ। यसरी बिना दर्ता बजारमा बिक्रि हुँदै आएका स्यानीटाईजर एकातर्फ गुणस्तरहिन भेटिएका छन् भने यस्ता कम्पनीमा अधिकांश विदेशी कम्पनीका उत्पादन रहेको भेटिएको छ। 

दर्ता भएका नेपाली कम्पनीका स्यानिटाईजरलाई नियमनको नाममा दुख दिने गरिएको तर दर्ता बिना नै आफूखुसी बिक्रि भईरहेका विदेशी कम्पनीका स्यानीटाईजर माथि अनुगमन, नियमन तथा कारवाही नहुँदा नेपाली कम्पनीका लगानीकर्ताको मनोबल घटेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved