कोरोना संक्रमितसँग शुल्क लिने अस्पताललाई कारबाही गर्ने निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2020 | 04:35:56 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसका संक्रमितको उपचारमा विभिन्न अस्पतालहरुले सेवाग्राही र सरकार दुबै तिरबाट शुल्क लिईरहेको पाईएकाले त्यस्ता अस्पताललाई कारबाही गरिने जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमितको उपचारका लागि सुचिकृत अस्पतालले सेवाग्राही र मन्त्रालय दुबै तिरबाट सुविधान लिईरहेको जनगुनासो आएको भन्दै यसबारेमा अनुगमन गरी कारबाही गरिने निर्णय भएको बताएका हुन् । 

मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टमले कोरोना संक्रमितको उपचार गर्ने भनेर सुचिकृत भएका अस्पतालहरुको अनुगमन गर्ने उनको भनाई छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved