कोरोना संक्रमितसँग बढी पैसा लिने अस्पताललाई मन्त्रालयले कारबाही गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2021 | 06:04:41 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना संक्रमितको उपचारमा तोकिएको भन्दा बढी शुल्क लिने निजी अस्पताललाई स्वास्थ्य मन्त्रालयले कारबाही गर्ने भएको छ । काठमाडौँका केही निजी अस्पतालले तोकेको भन्दा बढि शुल्क लिएको लगायतका घटना सार्वजसनिक भएपछि स्वास्थ्य मन्त्रालयले ध्यानाकार्षण भएको भन्दै कारबाहीको चेतापनी दिएको हो । 

मन्त्रालयले कुनै पनि स्वास्थ्य संस्थाले यस्तो गतिविधिहरू गरेको थाहा पाए स्वास्थ्य मन्त्रालयमा जानकारी गराउन अनुरोध गरेको छ । 

यस्ता गतिविधिहरुको नियमित अनुगमन भईरहेको तथा नियमअनुसार कडा भन्दा कडा कारबाही गरिने मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved