ग्लोबल आइएमई बैंकले व्यवसायीलाई निराश नबनाओस- शेखर गोल्छा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2019 | 02:13:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग बाणिज्य संघका वरिष्ट उपाध्यक्ष शेखर गोल्छाले ब्याज घटाउने बिषय बैंकहरुको प्राथमिकतामा नपरेको गुनासो गरेका छन। जनता र ग्लोबल आइएमई बैंकको एकीकृत कारोबारको उद्घाटन समारोहलाई सम्बोधन गर्दै गोल्छाले देशकै ठुलो बाणिज्य बैंक बनेको ग्लोबल आइएमई बैंकले व्यवसायीलाई निरास बनाउन नहुने बताए। 

मर्जर तथा प्राप्तिले बैंक वित्तीय संस्थाको संचालन खर्च घटेपनि व्यवसायीले त्यसको लाभ लिन नपाएको गोल्छाको भनाई छ। 'संचालन खर्च घटेपछि व्यवसायीले लिने ऋणको पनि ब्याज घट्नुपर्ने हो, तर त्यस्तो हुन् सकेको छैन' गोल्छाले भने, 'देशकै ठुलो बाणिज्य बैंक बनेको ग्लोबल आइएमईले व्यवसायीलाई निरास नबनाओस'। 

बैंकबाट ऋण लिएर व्यवसाय गर्न मध्यम तथा साना व्यवसायीलाई सहज नभएको भन्दै गोल्छाले बैंकहरुले यो क्षेत्रका ब्यवसायीलाई पनि प्राथमिकतामा राख्नलाई सुझाब दिएका छन। गोल्छाले कर्जामा मात्र नभई कर्जामा बैंकले लिने ब्याज पनि अब प्राथमिकतामा पर्नुपर्ने बताए।

त्यस्तै गोल्छाले पछिल्लो समय चार कारणले नेपालमा उद्योग व्यवसाय गर्न असहज भएको बताए। ब्याज, कर, महँगो कच्चा पदार्थ तथा सम्पति सुद्धिकरणको बिषय अहिले व्यवसाय गर्नलाई चुनौती भएको उनले बताए। नेपालमा उद्योग व्यवसाय धेरै होस् भन्ने चाहना राख्ने हो भने सरकारले निजि क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने गोल्छाले बताए।     

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved