साधारणसभा गर्न महासंघलाई सरकारले दियो अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2020 | 03:38:23 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा गर्न अनुमति दिएको छ । महासंघले मंसिर ११ र १२ गते गर्ने भनेको साधारणसभाका लागि गृह मन्त्रालयले अनुमति दिएको हो ।

शुक्रबार दिउँसो ४ बजे सचिवालय कार्यलय टेकुमा बसेको महासंघको पदाधिकारीको बैठकले मंसिर ११ र १२ गते साधारणसभा गर्न सुझाब दिएको थियो । कोभिड–१९ का कारण महासंघको निर्वाचनको मिति धकेलिँदै आएको छ। नियमित समय अनुसार गत चैत २८ र २९ गते नै हुनुपर्ने महासंघको ५४औं साधारणसभा कोभिड १९ का कारण जेठको पहिलो साता सरेको थियो । 

सो मितिमा पनि हुन नसकेपछि साउन २६ र २७ गतेका लागि तय गरिएको थियो । तर त्यसपछि निषेधाज्ञा लागू भएका कारण साधारणसभा अनिश्चितकाललाई स्थगित भएको थियो। गृहले अनुमति दिएपछि अब महासंघको निर्वाचनको माहोल पुनः तात्ने भएको छ । 

बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधानका कारण शेखर गोल्छा आगामी कार्यकालका लागि स्वतः अध्यक्ष बन्दैछन् । बरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र चन्द्र ढकाल भिड्दैछन् ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved