शेखर गोल्छाको चिन्ता, ‘बजेटका कारण घ्यू तेल उद्योग बन्द हुने अवस्था आयो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 05, 2022 | 05:15:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बजेटले वनस्पति तेल उद्योगलाई बन्द हुने अवस्थामा पुर्याएको बताएका छन् । 

नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष गोल्छाले वनस्पति घ्यू तेलको कच्चा पदार्थको आयातमा भन्सार महसुल शून्य बनाउन पनि माग गरेका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेटले वनस्पति तेल उद्योग संकटमा पर्ने भन्दै घ्यू तेलको कच्चा पदार्थ ल्याउँदा कम्तीमा तयारी बस्तुको भन्दा एक तह कमको भन्सार दर कायम गर्न माग गरे । स्वदेशी उद्योगलाई बचाएर राख्न सरकारले आधारभूत संरक्षण गर्नुपर्ने उनको भनाई छ ।

‘भारतको नीतिले कच्चा पदार्थ भन्दा तयारी वस्तु सस्तो हुने भयो, यस्तो अवस्थामा नेपाली उद्योगहरु बन्द हुने उच्च जोखिम छ’ उनले भने, ‘सरकारले बजेट सच्याएर मात्रै पुग्दैन, वनस्पति घ्यू तेलको कच्चा पदार्थ आयातमा भन्सार महसुल शून्य गर्नुपर्छ ।’

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved