‘बच्चाले बुझ्ने कुरा पनि पढेलेखेकाले बुझेनन्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2022 | 04:20:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सेनेटरी प्याड उत्पादक संघका अध्यक्ष डोलराज प्रसाद अधिकारीले सानो बालकले समेत बुझ्ने कुरा नीति निर्माताले नबुझेको बताएका छन् । 

आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत सेनेटरी प्याडको आयातमा ९० प्रतिशत भन्सार छुट दिएर नेपाली उद्योगलाई मार्ने नीति अर्थमन्त्री जनार्दन शर्माले लिएको भन्दै अध्यक्ष अधिकारीले यो नीति सरासर स्वदेशी उद्योगी मास्ने गरी आएको गुनासो गरे । 

‘हामीले सेनेटरी प्याड बनाउँदा विभिन्न कच्चा पदार्थ प्रयोग गर्छौँ, हामीले यहाँ प्याड बनाउन ल्याउने कच्चा पदार्थमा औसतमा ८.८ प्रतिशत भन्सार छ, तयारी प्याड आयात गर्दा १.५ प्रतिशत मात्रै भन्सार छ’ उनले भने, ‘यो कुरा एउटा सानो बच्चालाई राम्रो कि नराम्रो बाबु भनेर सोध्यो भने सिँधै नराम्रो भन्छ, तर हाम्रा नीति निर्माता, पढेलेखेकाहरुले बुझेनन् ।’ 

बजेटमार्फत तयारी सेनेटरी प्याडको आयातमा ९० प्रतिशत भन्सार छुट दिने नीति लिएपछि सेनेटरी प्याड उत्पादन गर्ने उद्योगीहरु आन्दोलित छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved