भाइ अरुण चौधरीका कारण यसरी बद्नाम भए खर्बपति विनोद चौधरी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2022 | 09:29:42 AM मा प्रकाशित

laxmi  sunrise bank

भाइ अरुण चौधरीका कारण खर्बपति विनोद चौधरी बदनाम भएका छन्। एउटा खानेतेलमा बिक्रि मुल्य नै उल्लेख नगरी बजारमा कालोबजारी गरेको बिषयमा अरुण चौधरी जोडीएपनि आम संचार माध्यममा विनोद चौधरीको उद्योग भनेर आएपछि उनि बद्नाम भएका हुन्। 

सीजी वेल एण्ड डेरिभटिभ्स प्रा.लि.ले उत्पादन गरेर बिक्रि गर्दै आएको शेफ ब्राण्डको सनफ्लावर तेलमा कालोबजारी गरेको पाईएको हो । तर यो तेलको प्याकेटमा चौधरी ग्रुप लेखिएकाले अधिकांश मिडियाले विनोद चौधरीको उद्योग भन्ने लेखेपछि उनि विवादमा मुछिएका हुन्। 

बैंक वित्तीय संस्था, शिक्षा, स्वास्थ्य, एफएमसिजी लगायतका क्षेत्रमा चौधरी परिवारको लगानी छ। विनोद चौधरी, अरुण चौधरी र बरुण चौधरीबीच अंशबन्डा भएपनि चौधरी परिवारबाट उत्पादन हुने बस्तु तथा सेवाको ब्रान्डीङमा अझैं पनि चौधरी ग्रुप लेखिने गरेको छ। जसले गर्दा धेरैलाई सिजी भनेकै विनोद चौधरीको हो भन्ने परेको छ। 

यहि कारण सीजी वेल एण्ड डेरिभटिभ्स प्रा।लि का मालिक अरुण चौधरी भएपनि यसको उत्पादनमा चौधरी ग्रुप लेखिएकाले यो पनि विनोद चौधरीकै लगानीको तेल कम्पनी हो भन्ने परेको हो। 

भएको के हो ?

सीजी वेल एण्ड डेरिभटिभ्स प्रा.लि.ले उत्पादन गरेर बिक्रि गर्दै आएको शेफ ब्राण्डको सनफ्लावर तेलमा कालोबजारी गरेको पाईएको हो। २०७७ सालको असारमा १६५ रुपैयाँ प्रतिलिटर रहेको सनफ्लावर तेल २०७८ असारमा २३० रुपैयाँ पुग्यो । अहिले २०७९ असारमा आउँदा सनफ्लावर तेलको मूल्य प्रतिलिटर ३८० रुपैयाँ औसतमा बिक्रि भईरहेको छ । 

अरुण चौधरी संलग्न रहेको चौधरी ग्रुपको उद्योगले उत्पादन गर्ने शेफ ब्राण्डको सनफ्लावर तेलको भाउ त उपभोक्ताले प्रतिलिटर ४ सय रुपैयाँसम्म तिर्नु परिरहेको छ । मूल्य नखुलाई उद्योगले बजारमा तेल पठाएकाले उपभोक्ताले वास्तविक मूल्य थाहा नपाउँदा बढी मूल्य तिर्नु परिरहेको हो ।

उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) मा उद्योगीले उत्पादन गर्ने वस्तु तथा सेवाको उत्पादन मिति, उपभोग योग्य अवधि, मूल्य, स्वास्थ्यमा पार्ने असर, बस्तुमा गरिएको मिसावट प्रष्ट रुपमा खुलाउनुपर्नेछ  प्रावधान छ । 

तर चौधरीको सीजी वेल एण्ड डेरिभटिभ्स प्रा.लि.ले उत्पादन गरेर बिक्री गर्दै आएको शेफ ब्राण्डको सनफ्लावर तेलमा न उत्पादन मिति लेखिएको छ, न बिक्री मूल्य खुलाईएको छ । मूल्य नखुलाई उत्पादन बजारमा पठाउँदा नै चौधरी ग्रुपको उद्योगले मोटो रकम घोटाला गरेको हो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved