भारतमा निर्यात हुन थाल्यो फलामे छड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 20, 2022 | 01:05:54 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा पहिलो पटक नेपालबाट फलामे छड निर्यात सुरु भएको छ । भैरहवास्थित श्री स्टिलले बुधबार बेलहिया नाका हुँदै पहिलो पटक भारतमा एक ट्रक स्टिल पठाएको हो । 

श्री स्टिलका सञ्चालक राजेश अग्रवालका अनुसार भारतको नौतुनुवामा एक ट्रक स्टिल निकासी गरिएको हो । पहिलो पटक करिब २५ लाख रुपैयाँ बराबरको स्टिल निकासी गरिएको उनको भनाई छ । 

नेपाललले निर्यात गर्ने स्टिलको मूल्य प्रतिकिलो ६० रुपैयाँ भारु छ ।

सरकारले निर्यातमा ८ प्रतिशत अनुदानको घोषणा गरेपछि निर्यात सुरु भएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved