विदेशी लगानीको स्रोत देखाउन नसकेका उद्योगका लागि विभागले निकाल्यो यस्तो सूचना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2022 | 05:44:36 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योग विभागले विदेशी लगानीको स्रोत देखाउन नसकी समस्यामा परेका उद्योगहरुका लागि विवरण उपलब्ध गराउन सूचना जारी गरेको छ । मंसिर २६ गते सोमबार जारी भएको सूचना अनुसार विदेशी लगानी ल्याएर सञ्चालनमा रहेका उद्योगहरुले विदेशी लगानी ल्याएको प्रमाण पेश गर्नुपर्नेछ ।

विदेशी लगानी स्वीकृत गरी उद्योग दर्ता भई सेयर लगतसमेत कायम भएका तर, विदेशी लगानी वापतको रकम नेपाल भित्र्याएको प्रमाण पेश गर्न नसकी राष्ट्र बैंकबाट लेखाङ्कन÷ लेखाङ्कन समर्थन नभएका उद्योगको शेयर खरिद बिक्रि, पुर्नलगानी, लगानी फिर्ता लैजाने लगायतका जटिलता आएको गुनासो सम्बोधन गर्न यसो गर्न लागिएको विभाग स्रोतले बताएको छ ।

विदेशी लगानी वापतको रकम नेपाल भित्र्याएको प्रमाण पेश गर्न नसकी लेखाङ्कन समर्थन गर्न नसकेका कम्पनी तथा उद्योगहरुले आफ्ना विभिन्न विवरण ३५ दिनभित्र उद्योग विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखामा उपलब्ध गराउनु पर्नेछ ।

यस्ता कम्पनी उद्योगहरुले कम्पनी उद्योगको नाम र ठेगाना, उद्योगको स्वीकृतिको उदेश्य, उद्योगको कुल पूँजी, कुल पूँजीमध्ये विदेशी लगानीको रकम (प्रतिशत), विदेशी लगानी स्वीकृत मिति, हालसम्म विदेशी लगानी भित्रिएको रकम र मिति, लेखाङ्कन हुन नसकेको रकम, कम्पनी रजिष्ट्रारको कार्यालयबाट शेयर लगत कायम भएको रकम र मिति, राष्ट्र बैंकबाट लेखाङ्कन÷ लेखाङ्कन समर्थन हुन नसकेको कारण र लेखाङ्कन÷ लेखाङ्कन समर्थन हुन नसक्दा परेको समस्या उल्लेख गर्नुपर्नेछ

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved