'दुबई प्रोपर्टी शो' आयोजना गर्ने ५ सञ्चालक पक्राउ, यसरी गरेको थियो प्रहरीले हस्तक्षेप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2023 | 09:50:23 AM मा प्रकाशित

laxmi  sunrise bank

कानून विपरित काठमाडौंको सोल्टी होटलमा ‘दुबई प्रोपर्टी शो’ भइरहेको सूचना प्रहरीमा आयो । अनि प्रहरी नायब उपरीक्षक नेतृत्वको टोली अनुसन्धानमा खटियो । राष्ट्र बैंकले प्रतिबन्ध लगाएको, जिल्ला प्रशासन कार्यालयबाट अनुमति नलिएकोलगायतका कारणहरु प्रहरीले फेला पारेपछि आइतबार हस्तक्षप गरी केही सञ्चालकहरुलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीमा प्राप्त विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत्ति कालिमाटीका प्रहरी नायब उपनिरीक्षक (डीएसपी) अनिल घिमिरे नेतृत्वको टोलीले सोल्टी पुगेर उनीहरुलाई नियन्त्रणमा लिइ शो रोकेको हो । यद्यपि प्रहरी ढिला गरी त्यहाँ हस्तक्षेप गर्न पुगेको हो । दुई दिने शोको अन्तिम दिन मात्रै प्रहरी पुगेकाले उनीहरुको उद्देश्य भने पुरा भइसकेको हुनुपर्छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले भने, 'अनुमति नलिइ आफैँ सरकार हो जस्तो गरेर यस्ता एक्पोहरु गर्न पाइन्न, नेपालको आर्थिक मन्दीको अबस्थामा उक्त शो कसलाई गर्न खोज्या भन्ने प्रश्न पनि छ, त्यही भएर पाँच जना नियन्त्रणमा लिएका छौँ, कोही ठगिएको भन्ने आयो भने ठगीअन्तरगत मुद्दा चल्छ ।' 

उनका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिक गुरुचरण सिंह मेहता, अनुभव वर्मा, हर्ष शर्मा, अफताव हमज, काजल रवि अग्रवाल रहेका छन् । शुरुमा चार जना पक्राउ परेका थिए । पछि अर्का एक जना पनि प्रहरीको सम्पर्कमा आएका हुन् । उनीहरुमाथि अनुसन्धान जारी रहेको कार्कीले बताए ।

दुबईमा निर्मित फ्ल्याट र घरको विज्ञापन गर्दै प्रोपर्टी शो चलाइएको थियो ।  यसको आयोजक संस्था द म्याक नामक कम्पनी हो । उसले जनवरी २१ र २२ मा मेला आयोजना गरिएकोमा अन्तिम दिन प्रहरीले हस्तक्षप गरेको हो । राष्ट्र बैंकले नेपाली नागरिकले विदेशमा कुनै अचल सम्पत्तिमा लगानी गर्न नपाउने व्यवस्था गरेको छ। 

राष्ट्र बैंकले विदेशी विनिमय (नियमित) गर्ने ऐन २०१९ को दफा १० (क) ले विदेशमा लगानी गर्न प्रतिबन्ध गरेको र सोही ऐनको दफा ९ (ग) ले यस बैंकले तोकिदिएको व्यवस्था बमोजिमबाहेक नेपालमा बसोबास गर्ने व्यक्तिले कुनै पनि तरिकाले विदेशमा भुक्तानी दिने सम्बन्धी कार्य गर्न प्रतिबन्ध लगाएको केही अघि जारी सूचनामा उल्लेख छ । विदेशमा जग्गा खरिद, सम्पति खरिद निक्षेप जम्मालगायतका पूँजीगत प्रकृतिका कारोबार र सोसम्बन्धी प्रचारप्रसारसमेत नगर्न भनेको थियो । 

त्यसको विपरित 'प्रोपर्टी शो' गरिएको भन्दै प्रहरीले हस्तपक्षप गरेको हो । यस्ता कार्यक्रम गर्न जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्नेमा अनुमति पनि लिएको नपाइएको प्रहरीले जनाएको छ । पछिल्ला समयमा नेपालका उच्च अधिकारीहरु त्यसप्रति आकर्षित भएर दुबईमा घर अपार्टमेन्टहरु खरिद गर्न लालायित भएका बताइएको छ । उक्त शोमा केही रकम तिरेर बुक गरेमा दुबइ भ्रमणको समेत व्यवस्था हुने प्रचार गरी प्रोपर्टी शो गरिएको प्रहरीले जानकारी दिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved