सिजीसहित यी ठूला घरानाका कम्पनीले देखाउन सकेनन् विदेशी लगानीको स्रोत

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 14, 2023 | 12:56:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा उद्योग व्यवसाय सञ्चालनका लागि भनेर विदेशबाट ल्याएको पैसाको स्रोत देखाउन नसक्नेमा ठूला घराना पनि रहेको तथ्य फेला परेको छ । विदेशी लगानी भित्र्याएका ८१ उद्योगका सञ्चालक त्यो लगानीका स्रोत देखाउन नसकी हाल उद्योग विभागमा निवेदनसहित पुगेका छन् । यसरी पुगेका उद्योगका सञ्चालकहरुमा ठुला घरानासमेत रहेका छन् ।

यी ८१ वटा कम्पनीले राष्ट्र बैंकको निर्देशन अनुसार ५ अर्बको विदेशी लगानीको स्रोत देखाउन नसकेको तथ्य बिजपाटीले भेटेको छ । चौधरी ग्रुपदेखि डाबर नेपालसम्मले विदेशी लगानीको स्रोत देखाउन नसकेको पाइएको हो ।

उद्योग विभागले विदेशी लगानीको प्रमाण देखाउन नसकेका उद्योगको समस्या सुल्झाउन सकिन्छ की भनेर  पहल थालेको छ । विभागले सूचना नै जारी गरेर त्यस्ता उद्योग तथा कम्पनीलाई विवरणसहित आउन भनेको थियो । उक्त सूचनाका आधारमा ८१ वटा उद्योग तथा कम्पनीहरु हाल विभागको सम्पर्कमा पुगेका छन् । 

कम्पनीहरुले आफूहरुले विदेशी लगानी भित्र्याएर काम गरिरहेको तर, राष्ट्र बैंकको निर्देशन अनुसार स्रोत देखाउन नसक्दा लेखाङ्कन र लेखाङ्कन समर्थन प्राप्त हुन नसकेको गुनासो गरेको विभाग स्रोतले बताएको छ ।

यी हुन् ठूलो रकमको स्रोत देखाउन नसकेका उद्योगहरु:

१) शोलार फार्म प्रा.ली: ३३ करोड

२) सी.जी. सिमेन्ट (पाल्पा : ९ करोड ६१ लाख र १२ करोड गरी कुल २१ करोड ६१ लाख

३) बोटलर्स नेपालः १९ करोड

४) लि रेष्टुरेन्ट (चितवन) : १५ करोड

५) तारागाउँ रिजेन्सी होटलः १ अर्ब ८८ करोड

६) स्टन सुगर मिल (सुनसरी) :  १६ करोड ३२ लाख

७) होटल एभरेष्ट इन्टरनेशनलः २० करोड ७८ लाख

८) सी.आई.आई.सी. नेपाल प्रा.ली. १३ करोड

९) नेपाल कोरिया इन्टरनेशनल कलेजः ३ करोड

१०) अन्ना पाउल हाउस प्रा.ली. (होटल, पोखरा) : १ करोड ५९ लाख

११) आराम हाउस प्रा.ली. (होटल, पोखरा): २ करोड

१२) काई यूआन मिनरल्स प्रा.ली. (नक्साल): ५२ करोड ८० लाख

१३) डाबर नेपाल प्रा.ली: ७ करोड ९८ लाख

१४) भृकुटी कागज कारखानाः १३ करोड

यीबाहेक होटल अमेरिका प्रा.ली., स्मार्ट इन्स्टिच्यूट प्रा.ली., समर्थ ग्रुप, थेन्चु रेष्टुरेन्ट, गोरखा आयुर्वेद प्रा.ली. र वायो ग्यास नेपाल पनि विदेशी लगानीको स्रोत देखाउन नसकेपछि उद्योग विभाग पुगेका छन् । 

त्यस्तै, नेपाल कोरिया स्किन मेडिकल सेन्टर प्रा.ली., हिमालयन पेट प्रोडक्ट कम्पनी प्रा.ली., अर्ली चाइल्डहुड एण्ड ट्रेनिङ प्रा.ली. र किया कार्गो प्रा.ली. पनि विदेशी लगानीको स्रोत देखाउन नसकेपछि विभागको शरणमा पुगेका छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved