भारतबाट आउने ८० मेगावाट विद्युत रोकिँदै, १० दिनसम्म उद्योगहरुमा 'विद्युत कटौती'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2023 | 09:54:53 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणले १० दिनसम्म औद्योगिक ग्राहकहरूको विद्युत आपूर्ति कटौती हुन सक्ने जनाएको छ। प्राधिकरणले फागुन ५ गते बिहान ८ बजेदेखि फागुन १४ गते बेलुका ६ बजेसम्म  औद्योगिक ग्राहकहरूको विद्युत आपूर्ति कटौती हुन सक्ने जनाएको हो।

प्राधिकरणका अनुसार सो समयअवधिमा  भारतमा सञ्चालित टनकपुर पावर हाउसको वार्षिक मर्मत सम्भार कार्यका लागि टनकपुर- महेन्द्रनगर १३२ के.भी. अन्तरदेशीय प्रसारण लाइन सटडाउनमा रहने छ । प्रसारण लाइन सटडाउन हुँदा सो अवधिभर उक्त प्रसारण लाइनबाट प्रणालीमा आयात भइरहेको ८० मेगावाट विद्युत आपूर्ति नहुने भएकोले औद्योगिक ग्राहकहरूको विद्युत आपूर्ति प्रभावित हुनसक्ने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले भनेको छ 'यसका कारण औद्योगिक ग्राहक वर्गमा पर्न जाने असुविधाका लागि नेपाल विद्युत प्राधिकरण क्षमाप्रार्थी छ ।'

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved