कुखुराको मासु र अण्डाको अवैध आयात रोक्न गृहमन्त्रीको ध्यानाकर्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2023 | 04:23:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल दाना उद्योग संघ र नेपाल ह्याचरी उद्योग संघले भारतबाट कुखुराको मासु र अण्डाको अवैध तस्करी रोक्न गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । 

दाना संघका अध्यक्ष रविन पुरी र ह्याचरी उद्योग संघका अध्यक्ष ऋषिराम पौडेलसहितको टोलीले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर मासु र अण्डाको अवैध तस्करी रोक्न ध्यानाकर्षण गराइएको हो ।

नेपालको कृषि क्षेत्रमध्ये पोल्ट्री व्यवसाय आत्मनिर्भर रहेको तर, भारतबाट अवैध रुपमा कुखुराको मासु र अण्डाको आउनाले करिब एक खर्ब ६० अर्ब रुपैयाँ लगानी जोखिममा परेको गुनासो गरेका थिए । ५ लाख व्यक्तिलाई रोजगारी दिएको र स्वदेशमै उत्पादित गुणस्तरीय र पोषणयुक्त कुखुराको मासु र अण्डा उपलब्ध गराउँदै पोल्ट्री व्यवसाय अवैध तस्करीले संकटमा परेको उनीहरुको गुनासो छ ।

“भारतीय सीमानाकाहरूबाट अवैध रूपमा पोल्ट्री जन्य वस्तुहरू, चल्ला, कुखुरा, तयारी मासु र अण्डा दिनहु भित्रँदा अत्यन्त ठूलो जोखिम रहेको छ,” दुवै संघले बुझाएको ज्ञापनपत्रमा भनिएको छ । 

नेपालगन्ज, कृष्णनगर, भैरहवा, धनगढी, तौलिहवा, त्रिवेणी, परासी, वीरगन्ज, बारा, पर्सा, रौतहट, सर्लाही, मलंगवा, जलेश्वर र विराटनगर क्षेत्रका नाकाहरूबाट अवैध रूपमा कुखुरा, तयारी मासु, चल्ला र अण्डाको आयात हुने व्यवसायीहरुको दाबी छ ।

व्यवसायीको गुनासो सुनेपछि गृहमन्त्री श्रेष्ठले आत्मनिर्भर बनिसकेको दाना र ह्याचरी उद्योगलाई असर पर्ने कुनै पनि गतिविधि सह्य नहुने दाबी गर्दै संलग्न जो कोहीलाई कारबाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved