उदयपुर सिमेन्टको अनुगमन गर्दै उधोग मन्त्रीले जनाए बजेटको प्रतिबद्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2023 | 01:55:40 PM मा प्रकाशित

laxmi  sunrise bank

धोग वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले जलजलेस्थित उदयपुर सिमेन्ट उधोगको उधोगको प्लान्ट तथा खानि क्षेत्रको स्थलगत अनुगमन तथा निरीक्षण छन् अनुगमनमा क्रममा धोगका महाप्रबन्धक गोपिकृष्ण न्योपानेले मन्त्री रिजाललाई प्लान्ट तथा खानि क्षेत्रको जानकारी गराएका थिए

सो क्रममा  उनलाई उधोगमा कार्यरत कर्मचारीहरुले समस्या तथा गुनासो राख्दै सम्बोधन गरिदिन आग्रह गरेका थिए भने धोगमा क्रियासिल ट्रेड युनियन (समग्र उद्योग ट्रेड युनियन नेपाल, नेपाल कारखाना श्रमिक संघ, अखिल नेपाल औद्योगिक मजदुर संघ र नेपाल औद्योगिक मजदुर संगठन) ले  ज्ञापन पत्र बुझाएका थिए ।

ज्ञापन पत्रमा समय-समय मा धोग बन्द हुने लगायतका समस्या समाधानको लागि आग्रह गरेका थिए ज्ञापन पत्र बुझ्दै उनले सबै समस्या समाधान गर्ने बताउदै उधोगलाई सबल बनाउन सबै तहका कर्मचारीहरु एकजुट हुनु पर्नेमा जोड दिएका थिए । "यो उद्योग तपाईंहरु कै हो, यसलाई आफ्नै सम्झेर काम गर्नुस" भन्दै मन्त्री रिजालले ईमान्दार भएर काम गर्न सबैमा आग्रह गरेका छन् भने कर्मचारीको समस्याको समाधानका लागि  आफ्नो मूख्य उद्देश्य नै कर्मचारीहरुको भावना बुझ्ने रहेको बताउदै यथाशिघ्र  समस्याको समाधान गर्ने तर्फ आफु अग्रसर हुने  बिस्वास दिलाएका थिए

उनले अवलोकनमा जिर्ण भएका मेसिनहरु प्रति चासो राख्दै। मेसिनका पार्टपुर्जा फेर्नु पर्ने, नयाँ मेसिन जडान गर्नु पर्ने भए सो अनुसार ब्यवस्था गरि उद्योग सन्चालनलाई निरन्तरता दिन उनको जोड दिएभने उद्योग सन्चालन र यस्को निरन्तरताका निम्ति उद्योग मन्त्रालय गम्भिर रहेको बताउदै  अपुग आवश्यक रकमका लागि प्रधानमन्त्री कार्यालय, तथा अर्थ मन्त्रालयसग आफुले सहजीकरण गरी बजेटको ब्याबस्था गर्ने बताएका थिए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved