मन्त्री रिजालद्वारा एकैदिन दुई विभाग अनुगमन, भनसुन तथा दबाबमा नपर्न निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2023 | 11:01:42 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले कसैको दबाबमा नपरि काम गर्न निर्देशन दिएका छन्। आइतबार नेपाल गुणस्तर तथा नापतौल विभागको अनुगम गर्ने क्रममा मन्त्री रिजालले कर्मचारीहरुलाई यस्तो निर्देशन दिएका हुन्। 

सचिब, महानिर्देशक या स्वयम् म आफैले पनि कुनै काममा दबाब दिए भने त्यो काम नगर्नु भन्दै मन्त्री रिजालले आफ्नो भविष्य बिगारेर कसैको पनि भनसुन सुनी काम गर्न नहुने स्पष्ट पारे।

कर्मचारीहरुलाई ईमान्दारीका साथ नियमपुर्वक काम गर्न हौसला दिदै मन्त्री रिजालले सेवाग्राहीलाई झन्झट रहित सेवा उपलब्ध गराउन समेत कर्मचारीहरुलाई निर्देशन दिएका छन्। सेवाग्राहीको कागजपत्र नपुगेको खण्डमा तुरुन्तै अपुग कागजपत्र माग गरि तुरुन्तै सेवा दिन मन्त्री रिजालले निर्देशन दिए। सेवाग्राहीलाई दिने सेवा छिटोछरितो र स्वस्थ हुनु पर्नेमा मन्त्री रिजालले जोड दिए।

आजै मन्त्री रिजालले खानी तथा भूगर्भ विभागको समेत अनुगमन गरेका छन्। देशलाई समृद्धि तर्फ लैजाने गरी उपलब्धिमुलक काम गर्न हौसला दिदै मन्त्री रिजालले पारदर्शी भएर काम गर्न आग्रह गरे। 

"हामि त आउछौ जान्छौ, तपाइँहरु स्थाई सरकार हो, हामीले त गाईड लाईन दिने हो, तपाइँहरु स्थाई रुपमा हुनुहुन्छ, काम गर्ने तपाईहरुले हो" भन्दै मन्त्री रिजालले विभागलाई उपलब्धिमुलक बनाउने गरी काम अघि बढ्ने बिश्वास ब्यक्त गर्दै कर्मचारीलाई शुभकामना समेत दिए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved