घोराही सिमेन्ट इन्डष्ट्रीले बढायो क्लिंकर र ग्राइन्डिङ क्षमता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2023 | 01:25:40 PM मा प्रकाशित

laxmi  sunrise bank

घोराही सिमेन्ट इन्डष्ट्रीले  क्लिंकर क्षमता बढाएको जनाएको छ । कम्पनीले आज विज्ञप्ति जारी गर्दै क्लिंकर र ग्राइन्डिङ क्षमता बढाएको जानकारी दिएको हो।

कम्पनीका अनुसार उद्योगको यसअघि क्लिंकरको दैनिक क्षमता १९ सय टन र ग्राइन्डिङ क्षमता दैनिक २२ सय टन रहेकोमा हाल उद्योगले क्षमता विस्तार गर्दै क्लिंकर क्षमता दैनिक ६ हजार टन र ग्राइन्डिङ क्षमता दैनिक ४ हजार टन पुर्‍याइएको छ। 

कम्पनीले हालै मात्र आयोजना प्रभावित स्थानिय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीलाई आईपिओ निष्काशन गरेको थियो । स्थानीयलाई निष्काशन गरेको आईपिओ बाँडफाँड गरेपछि कम्पनीले सर्वसाधारणलाई आईपिओ निष्काशन गर्ने छ ।  

 यो कम्पनीले कुल ७९ लाख ४३ हजार ८०१ कित्ता बराबरको सेयर जारी गर्न लागेको हो । जसमध्ये ३ लाख ९७ हजार १९० कित्ता सेयर आयोजना प्रभावितका लागि आरक्षित रहेको थियो । त्यस्तै वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरूका लागि ७ लाख ५४ हजार ६६१ कित्ता सेयर छुट्याइएको थियो ।

त्रिवेणी समूहबाट प्रवर्धित घोराही सिमेन्ट इन्डष्ट्रि लिमिटेडले क्लिंकर तथा सिमेन्ट उत्पादन गर्छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved