मारुती सिमेन्ट प्रयोग गरेर बनाउन लागिएको घर बनाउँदा बनाउँदै भत्किन थालेपछि...

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 02, 2023 | 05:43:14 PM मा प्रकाशित

laxmi  sunrise bank

बनाउँदा बनाउँदैको घरको ढलान भत्किन थालेपछि उक्त संरचनामा प्रयोग भएको मारुती सिमेन्टका व्यापार प्रबन्धक पक्राउ परेका छन् । सप्तरीको राजविराजका दिवाकर शाहकले घर बनाउन मारुती सिमेन्ट प्रयोग गरेका थिए । तर, ढलान र भर्याङ भत्किन थालेपछि उनी चिन्तित भए ।

त्यसपछि राजविराज–४ का शाहले प्रहरीमा उजुरी दिए । उनको उजुरीपछि समेन्ट कम्पनीका व्यापार प्रबन्धक ज्योति जोशी पक्राउ परेका छन् । जिल्ला अदालत सप्तरीबाट पक्राउ पुर्जी लिएर मारुती सिमेन्टका व्यापार प्रबन्धक ज्योति जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्रकुमार कार्कीले मारुती सिमेन्टका व्यापार प्रबन्धकलाई पक्राउ गरिएको पुष्टि गरे । 

तर, शाहले मारुती सिमेन्ट उद्योगका ६ जना विरुद्ध उजुरी दिएका थिए । अदालतबाट ६ जना नै विरुद्द पक्राउ पुर्जी जारी भएको थियो । उद्योगका सञ्चालक नन्दकिशोर राठी र उनका छोरा तथा सिमेन्ट उद्योगका प्रबन्ध निर्देशक अनुज राठीसहित ५ जना फरार रहेको प्रहरीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved