आफ्नै कम्पनीको डाटा चोरेर २० करोड फिरौती मागेपछि....

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 24, 2018 | 09:33:13 AM मा प्रकाशित

laxmi  sunrise bank

कर्मचारीमाथि बिश्वास गर्दा तपाई कहीलेयै समस्यामा पर्नुभएको छ ? छैन भने यो समाचार तपाईको लागि संदेश बन्न सक्छ। हो, मोबाइल वालेट कम्पनीको रुपमा प्रख्यात पेटीएम कम्पनीका मालिकलाई भने कर्मचारीमाथि पूर्ण भरोशा गर्दा ठुलो समस्या आईलागेको छ। 

पेटीएम कम्पनीका माइलकले आफ्नै कम्पनीमा भाइस प्रेसिडेन्टका रुपमा कार्यरत कर्मचारीले १० करोड फिरौती मागेको घटना प्रहरीमा पुगेपछि यो समाचार बाहिरिएको हो।  

भाइस प्रेसिडेन्टले कम्पनीको डाटा चोरी गरि १० करोड फिरौती मागेको नोयडा प्रहरीले जनाएको भारतीय संचार माध्यमले जनाएका छन। ती महिला प्रेसिडेन्टले आफ्नो श्रीमान र अर्का सहकर्मीको सहायतामा डाटा चोरी गरेको अनुसन्धानमा खुल्न आएको छ। सोनिया धवन नाम गरेकी ती महिला प्रेसिडेन्टले कम्पनीका मालिक विजय शेखर शर्माको निजि काम समेत सम्हाल्दै आएको अनुसन्धानमा खुलेको छ।  

धवनले अर्का कर्मचारी देबेन्द्रको सहयोगमा कम्पनीको डाटा चोरेर बार्गेनिङ थालिन। सुरुमा २० करोड मागेकी धवनले पछि १० करोडको अडान राखिन। कम्पनीका मालिक शर्माले आफुले २ लाख दिएको र त्यो भन्दा बढी दिन नसक्ने जवाफ दिएपछि ति महिलाले गोप्य डाटा सार्वजनिक गरिदिने भन्दै १० करोड माग गरेको प्रहरीको भनाई छ।   

धम्कीबाट हैरानी भएपछि कम्पनी मालिक शर्माले प्रहरीमा उजुरी गराएपछी उनीहरु समातिएका हुन। प्रहरीले पेटीएमसंग सम्बन्धित धेरै गोप्य डाटाहरु समेत बरामद गरेको नोयडा प्रहरीको भनाई छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved