सरकारको जनताको जलबिद्युत अन्तर्गत सर्वसाधारणलाई साधारण सेयर निष्काशन गरेका सान्जेन जलबिद्युत कम्पनी लिमिटेड र रसुवागढी हाइड्रोपावर कम्पनीको आइपीओमा उल्लेख्य आबेदन परेको छ।
सान्जेन
आइपीओ निष्काशनको चौथो दिन बेलुका ५ बजे सम्ममा सान्जेन जलबिद्युतको आइपीओमा २ लाख ६३ हजार ५ सय २४ आवेदकबाट १ करोड २५ लाख ४० हजार ८ सय २० कित्ताको लागि आबेदन परेको छ।
बैशाख ६ देखि आइपीओ निष्काशन गरेको सान्जेनले प्रति सेयर १०० रुपैयाँका दरले ५४ लाख ७५००० कित्ता आइपीओ निष्काशन गरेको हो । यसमध्ये ५ प्रतिशत अर्थात २ लाख ७३ हजार ७५० कित्त्ता सामुहिक लगानी कोष, ४ प्रतिशत अर्थात २ लाख १९००० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ।
रसुवागढी
बैसाख ६ देखिनै आइपीओ निष्काशन गरेको रसुवागढी हाइड्रोको आइपीओमा चौथो दिन साँझ ५ बजे सम्ममा २ लाख ६६ हजार १ सय ९६ आवेदकबाट १ करोड ५७ लाख ५२ हजार ९ सय सय कित्ताको लागि आबेदन परेको छ। रसुवागढीले सर्वसाधारणको लागि मात्र भनेर ९३ लाख ३९ हजार ४ सय ६७ कित्ता बिक्रि खुला गरेको हो ।
रसुवागढीले एक अर्ब दुई करोड ६३ लाख १५ हजार बराबरको एक करोड दुई लाख ६३ हजार १५० कित्ता आईपिओ निष्काशन गरेको हो। यसमध्ये ४ प्रतिशत अर्थात् ४ लाख १० हजार ५ सय २६ कित्ता कमर्चारीको लागि र ५ प्रतिशत अर्थात् ५ लाख १३ हजार १ सय ५७ कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याइएको छ।