एनआईसी एशिया लघुवित्तले निष्काशन गरेको आईपिओमा हालसम्म ४.२४ गुणा बढीको आवेदन परेको छ । बिक्रि प्रबन्धक सानिमा क्यापिटलका अनुसार आज आइतबार बिहान ११ बजेसम्ममा करिब ३ लाख ४१ हजार ७ सय ७५ आवेदकबाट १ करोड ८८ लाख ४७ हजार कित्ताको लागि आवेदन परेको छ । यो माग गरिए भन्दा साढे ४.२४ गुणा बढी हो ।
कम्पनीको आईपिओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले असार १० गतेदेखि ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ निष्काशन गरेको हो । जस मध्ये ०.५ प्रतिशत अर्थात् ७४ हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात् २ लाख ३७ हजार ८ सय कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । बाँकि ४४ लाख ४३ हजार २ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । कम्पनीको आईपिओमा न्युनतम १० कित्ता र अधिकतम २ लाख कित्ताको लागि आवेदन दिन सकिने छ ।
यो बजारमा आएको लघुवित्त क्षेत्रको हालसम्मकै ठूलो आईपीओ हो। कम्पनीले शेयर निष्काशनको लागि सानिमा क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । लघुवित्तले चालु आर्थिक वर्ष २०७६।७७ को तेस्रो त्रैमाससम्म १९ करोड ४८ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ ।
यो पनि :