बुक विल्डिङ्गबाट आईपिओ निष्काशन गर्न यी ४ शर्त अनिवार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2020 | 07:59:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले बुक विल्डिङ्ग विधिबाट आईपिओ निष्काशन गर्नको लागि निर्देशिका लागु पारेको छ । बोर्डको साउन २२ गते बसेको संचालक समितिको बैठकले निर्देशिका लागु गरेको हो । निर्देशिकामा  बुक विल्डिङ्ग विधिबाट आईपिओ निष्काशन गर्दा कसरी मूल्य सीमा निर्धारण गर्ने, कसरी मूल्य तय गर्ने लगायतका ब्यबस्था छ ।

यद्यपि सबै कम्पनीले बुक विल्डिङ्ग विधिबाट आईपिओ निष्काशन गर्न सक्दैनन् । धितोपत्र दर्ता तथा निष्काशन नियमावलीले बुक विल्डिङ्ग विधिबाट आईपिओ निष्काशन गर्नको लागि विभिन्न ४ वटा शर्त तोकेको छ । जसमा कम्पनी विगत तीन आर्थिक बर्ष देखि लगातार खुद मुनाफामा संचालनमा रहेको, कम्पनीको साधारण सभाले बुक विल्डिङ्ग विधि मार्फत धितोपत्र जारी गर्ने निर्णय गरेको, कम्पनीको प्रति शेयर नेटवर्थ प्रति शेयर चुक्ता पूँजीको कम्तिमा १५० प्रतिशत रहेको, र कम्पनीले कम्तिमा औसत वा सो भन्दा माथिल्लो क्रेडिट रेटिङ्गको ग्रेड प्राप्त गरेको हुनु पर्ने छ । यी मापदण्ड पुरा गरेका कम्पनीले मात्र बुक विल्डिङ्ग विधिबाट आईपिओ निष्काशन गर्न सक्ने छन् ।

यी योग्यता पुगेका कम्पनीले बुक विल्डिङ्ग विधि मार्फत धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा योग्य संस्थागत लगानीकर्ताबाट खरिद आशय मूल्य प्राप्त गर्नु पर्नेछ । खरिद आशय मूल्यको आधारमा धितोपत्रको बिक्री मूल्य सीमा निर्धारण गरी योग्य संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्रको ४०
प्रतिशत र सर्वसाधारण लगानीकर्ताको लागि ६० प्रतिशत धितोपत्र निष्काशन गर्नु पर्नेछ । संस्थागत लगानीकर्तालाई निष्काशन गरेको धितोपत्र बजारमा सूचिकरण भएको मितिले छ महिना सम्म बिक्री वा हस्तान्तरण गर्न सक्ने छैन ।

योग्य संस्थागत लगानीकर्ता को को हुन् ? 
(क)सूचिकृत संगठित संस्था,
(ख) विशेष ऐन द्वारा स्थापित वित्तीय संस्था,
(ग) सामूहिक लगानी कोष व्यवस्थापक,
(घ) सामूहिक लगानी कोषका योजना,
(ङ) मर्चेन्ट बैंकर,
(च) मान्यता प्राप्त अवकाश कोष,
(छ) बोर्डले समय समयमा तोकेका अन्य कोष वा कम्पनी वा संस्था ।

यो पनि : 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved