समाज लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपिओ आज नै बाँडफाँड हुन सक्ने भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले शनिवार शेयर बाँडफाँड गर्ने तयारी गरे पनि शनिवार सार्वजनिक विदाको दिन भएको र निषेधाज्ञाको बेला आवतजावतको लागि समस्या हुन सक्ने देखिएकोले आज नै बाँडफाँड गर्नको छलफल भईरहेको जनाएको हो ।
यद्यपि क्यापिटलले यसबारे टुंगो लागिनसकेको बताएको छ । सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुब तिमल्सिनाले धितोपत्र बोर्ड र सिडीएससीसँग छलफल गरेर अबको २-३ घण्टामा शेयर बाँडफांडको मिति र समय तय हुने बताए । शेयर बाँडफाँड कार्यालय मै गरिने र त्यसको प्रत्यक्ष प्रसारण क्यापिटलको फेसबुक पेज मार्फत गरिने उनले बताए ।
समाज लघुवित्तले भदौ ४ देखि ८६ लाख बराबरको ८६ हजारको कित्ता बराबरको शेयर निष्काशन गरेको थियो । जस मध्ये ०.५ प्रतिशत अर्थात् १ हजार कित्ता कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ४३ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको थियो । बाँकि रहेको ८० हजार ७ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका छन् ।
आईपिओमा ५ लाख ६६ हजार ४७३ आवेदकले एक अर्ब २० करोड १५ लाख रुपैयाँ बराबरको एक करोड २० लाख १५ हजार ८२० कित्ताको लागि आवेदन दिएका छन् । कम्पनीको आईपिओ गोलाप्रथाबाट ८ हजार ७० जनाले मात्र पाउने छन् ।