ईङवा हाइड्रोको आइपीओमा आज चौथो दिनसम्म कति पर्यो आबेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2023 | 08:33:38 PM मा प्रकाशित

laxmi  sunrise bank

ईङवा हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको साधारण सेयरमा आज चौथो दिन झन्डै ९ गुणाको आबेदन परेको छ। बैशाख १३ गतेदेखि निष्काशन भएको ईङवा हाइड्रोपावर लिमिटेडको आइपीओमा निष्काशनको चौथो दिन बेलुकाको ५ बजे सम्म  १ अरब ९ करोड ६४लाख ७५ हजाररकम बराबरको आबेदन परेको हो। 

सिडीएस एंड क्लियरिंग लिमिटेडका अनुसार आज  ५ बजे शनिबार सम्म ईङवा हाइड्रोपावर लिमिटेडको आइपीओमा ९ लाख ९४ हजार ६ सय २४ आवेदकबाट १ करोड ९ लाख ६४ हजार ७ सय ५०  कित्ताको लागि आवेदन परेको छ । 

 कम्पनीले कम्पनीका कर्मचारीलाई २९ हजार ८ सय ६३ कित्ता, सामुहिक लगानी कोष योजनाहरुलाई ७४ हजार ६ सय ५८ कित्ता सुरक्षित गरि सर्बसाधारणलाई १२ लाख ६८ हजार ६ सय ३९ कित्ता शेयर निष्काशन गरेको हो ।

सर्बसाधारणले आईपिओमा वैशाख १७ गतेसम्म आवेदन दिन सक्ने छन् । यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिंङ बिक्रि प्रबन्धक रहेको छ ।

कम्पनीले यस अघि अनि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकको लागि आईपिओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।  

ईङवा हाइड्रोपावरले ताप्लेजुङ्ग जिल्लामा ९.७ मे.वा. जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाले २०८० साल जेठ १६ गते बाट  व्यापारिक उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ । 

facebook sharing button
twitter sharing button
pinterest sharing button
email sharing button
sharethis sharing button

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved