ईङवा हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आजअन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2023 | 09:01:16 AM मा प्रकाशित

laxmi  sunrise bank

ईङवा हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको साधारण सेयरमा आज आवेदन दिने आज अन्तिम दिन हो । निष्काशन भएको ईङवा हाइड्रोपावर लिमिटेडको आइपीओ बैसाख १३ गते सुरू भएको र आवेदन दिने अन्तिम दिन आज बैसाख १७ गते रहेको छ ।  

कम्पनीले कम्पनीका कर्मचारीलाई २९ हजार ८ सय ६३ कित्ता, सामुहिक लगानी कोष योजनाहरुलाई ७४ हजार ६ सय ५८ कित्ता सुरक्षित गरि सर्बसाधारणलाई १२ लाख ६८ हजार ६ सय ३९ कित्ता शेयर निष्काशन गरेको हो 

यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिंङ बिक्रि प्रबन्धक रहेको छ 

कम्पनीले यस अघि अनि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकको लागि आईपिओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ   

ईङवा हाइड्रोपावरले ताप्लेजुङ्ग जिल्लामा ९.७ मे.वा. जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाले २०८० साल जेठ १६ गते बाट  व्यापारिक उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved