घोराही सिमेन्टको आईपिओमा दोश्रो दिनसम्म कति पर्यो आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2023 | 10:25:41 PM मा प्रकाशित

laxmi  sunrise bank

घोराही सिमेन्टले श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्काशन गरेको आईपिओमा आज दोश्रो दिन रु. ८ करोड रकम बराबरको आवेदन परेको छ । कम्पनीले वैशाख १९ गतेदेखि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि प्रिमियममा आईपिओ निष्काशन गरेको थियो ।

सिडीएस एंड क्लियरिंग लिमिटेडका अनुसार आज बुधवार बेलुका ५ बजे सम्मघोराही सिमेन्टको अईपियोमा विदेशमा रहेका नेपाली नागरिकबाट १ लाख ७९  हजार ६ सय ३० कित्ताको लागि आवेदन परेको छ । उक्त अईपियोमा ४ हजार ४ सय ९६ जनाको आवेदन परेको हो  ।

कम्पनीले  श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकलाई ७ लाख ५४ हजार ६ सय ६१ कित्ता शेयर निष्काशन गरेको हो  । नेपाली श्रमिकलाई अंकित मूल्य १०० रुपैयामा ३३५ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता ४३५ रुपैयाँमा शेयर निष्काशन गर्न लागिएको हो  । श्रमिकले पुरै कित्ताको लागि आवेदन दिन सक्ने छन् ।  उनीहरुले जेठ २ गतेसम्म मात्र आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ । 

स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई शेयर निष्काशन गरि बाँडफाँड गरेपछि कम्पनीले सर्बसाधारणलाई शेयर निष्काशन गर्ने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved