मोदी इनर्जीको आईपिओमा दोश्रो दिन नै माग भन्दा बढी आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2023 | 10:42:41 PM मा प्रकाशित

laxmi  sunrise bank

मोदी इनर्जी लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको साधारण सेयरमा आज दोश्रो दिन नै माग भन्दा बढीको आबेदन परेको छ। बैशाख १९ गतेदेखि निष्काशन भएको मोदी इनर्जी लिमिटेडको आइपीओमा निष्काशनको दोश्रो दिन बेलुका ५ बजे सम्म ५९ करोड ८२ लाख २७ हजार रकम बराबरको आबेदन परेको हो। 

सिडीएस एंड क्लियरिंग लिमिटेडका अनुसार आज बुधवार ५ बजे सम्म मोदी इनर्जी लिमिटेडको आइपीओमा ५ लाख २८ हजार २ सय ४६ जना आवेदकबाट ५९ लाख ८२ हजार २ सय ७०  कित्ताको लागि आवेदन परेको छ ।

सर्बसाधारणले आईपिओमा वैशाख २४ गतेसम्म आवेदन दिन सक्ने छन् । यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि सनराइज बिक्रि प्रबन्धक रहेको छ ।

कम्पनीले यस अघि अनि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकको लागि आईपिओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।  

कम्पनीले पर्वतमा २० मेगावाटको तल्लो मोदीखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । यस कम्पनीमा हाइड्रो सोलुसन ग्रुप, केएल दुगर ग्रुप, मुरारका ग्रुप्, शंकर ग्रुप र देबेन्द्र ग्रुपको लगानी छ ।  

 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved