वेयर हाउजिङको आइपीओ आजदेखि, पहिलो चरणमा वैदेशिक रोजगारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 27, 2023 | 09:46:21 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वेयर हाउजिङ कम्पनीको साधारण शेयर (आईपीओ) आजदेखि बैदेशिक रोजगारीमा रहेकाको लागि बिक्रि खुला भएको छ। श्रम भिसामा विदेश रहेका तथा अन्य मापदण्ड पुरा गरेका जो कोहिले आजदेखि वेयर हाउजिङ कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन। 

आइपीओमा कात्तिक २४ गतेसम्म आवेदन दिन सकिने छ । जसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाइने छ ।

कम्पनीले सर्वसाधारणलाई छुट्याइएको कुल १३ लाख ७५ हजार कित्ता सेयरमध्ये १० प्रतिशतले हुने १ लाख ३७ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेकालाई बिक्री गर्न लागेको हो । त्यस्तै, २७ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि र ६८ हजार ७५० कित्ता सेयर म्युचुअल फण्डहरुलाई छुट्याइएको छ ।

बाँकी रहेको ११ लाख ४१ हजार २५० कित्ता सेयर सर्वसाधारणलाई जारी गर्नेछ ।

कम्पनीको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । मेरोसेयरमार्फत अनलाइन आवेदन दिन सकिन्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved