मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँड, कतिले पाए शेयर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 02, 2023 | 09:04:57 AM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको एफपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङका अनुसार आज बिहान एफपीओ बाँडफाँड भएको हो ।

कम्पनीको एफपीओमा १३ लाख २० हजार २०३ आवेदकले १ करोड ४८ लाख ३१ हजार २८० कित्ताका शेयरका लागि आवेदन दिएका थिए । यीमध्ये जम्मा १२ हजार ३८१ जनाले मात्रै १० कित्ताका दरले शेयर पाएका छन् । २० कित्तामाथि आवेदन दिएका ६ जनाले थप १÷१ कित्ताका दरले शेयर पाएका छन् । अर्का एक आवेदकले ०.४५ कित्ता सेयर पाएका छन् ।

कम्पनीले असोज २५ देखि असोज ३० सम्म एफपीओ निष्काशन गरेको थियो । लघुवित्तले प्रति कित्ता १०० रुपैयाँ दरका १ लाख २३ हजार ८१६ कित्ता एफपीओ निष्काशन गरेको हो । 

नेपाल धितोपत्र बोर्डले असोज ४ गते लघुवित्तलाई एफपीओ निष्काशन गर्न अनुमति प्रदान गरेको थियो। कम्पनीले संस्थापक र सर्वसाधारणको शेयर अनुपात मिलाउन एफपीओ निष्काशन गरेको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved