नेपालमा हालसम्म कै ठूलो टाइल्स उत्पादन उद्योग स्थापना गर्न भारतीय कम्पनीसँग सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 06, 2022 | 05:44:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा ४ सय करोड लगानीमा टाईल्स उत्पादन गर्ने कम्पनी स्थापना हुने भएको छ। भारतको कजारिया सेरामिक्स लिमिटेड र नेपालको व्यापारिक समूह रमेश कर्पले संयुक्त लगानीमा उक्त कम्पनी स्थापना गर्न लागेका हुन्।

यी दुई कम्पनीहरुबीच नेपालमा हालसम्मकै ठूलो टाईल्स उत्पादन कम्पनी स्थापना गर्ने सम्बन्धमा आज सम्झौता भएको हो। सम्झौतामा रमेश कर्पका कार्यकारी निर्देशक प्रतिक जलान र कजारिया सेरामिक्स लिमिटेडका अध्यक्ष÷प्रबन्ध निर्देशक अशोक कजारियाले हस्ताक्षर गरेका छन्। 

उक्त सम्झौता अनुसार कम्पनीले  नेपालमा हालकै सवैभन्दा ठूलो टाईल्स उत्पादन कम्पनी स्थापना गर्ने छ जसको वार्षिक उत्पादन क्षमता ८ लाख वर्ग मिटर हुनेछ। कम्पनीमा लगानी भने दुवै कम्पनीको आधा÷आधा रहने छ। 

सन् २०२३ को अन्त्यसम्ममा सञ्चालनमा आउने अपेक्षा गरिरुको छ। यसमा आवश्यक कच्चा पर्दाथ उपलब्ध भएसम्म  यहिको प्रयोग गरिने जनाएको छ। नयाँ योजनाको बारेमा कजारिया सेरामिक्स कजारियाले नेपाल भारतिय व्यावसायीको लािग सधै महत्वपूर्ण रहेको बताए। उनले भने, ‘हामी यहाँ दुई दशकभन्दा बढी समयदेखि उपस्थित छौँ र यो कदमले नेपालको बजारमा हाम्रो उपस्थितिलाई अझ बलियो बनाउनेछ ।’ उनले भने, ‘यो परियोजना तत्काल शुरु गरी आउँदो २०२३ को अन्त्य सम्ममा सञ्चालनमा आउनेछ । हामी हाम्रा विश्वस्तरीय उत्पादनहरु नेपालमै प्रतिस्पर्धात्मक रुपमा उपलब्ध गराउन चाहन्छौँ ।’

कजारिया सेरामिक्स भारतमा सिरेमिक÷भिट्रिफाइड टाईल्सको सबैभन्दा ठूलो र विश्वको सातौं ठूलो उद्योग हो। यसको भारतमा ८ उत्पादन कम्पनी छन् जुन उत्तर प्रदेशको सिकन्दराबाद, राजस्थानको गैलपुर र मालुटाना, आन्ध्र प्रदेशको विजयवाडा र श्रीकालहस्ती, तेलंगानाको बालानगर र गुजरातमा तीनवटा छन्। उत्पादनको वार्षिक क्षमता ८४ मिलियन वर्ग मिटर रहेको छ । ३४ वर्ष पहिले स्थापना भएको कजारिया आफ्नो कडा परिश्रम, नवोत्पादन र ग्राहकहरुको साथले अघि बढेको छ । कजारियाले सिरेमिक वाल र फ्लोर टाईल्स हरूका ३००० भन्दा बढी डिजाइन र प्रकार उत्पादन गर्दै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved