शिवम् बन्यो नेपालकै सर्वाधिक बिक्री हुने ओपिसि सिमेन्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2024 | 10:00:09 AM मा प्रकाशित

laxmi  sunrise bank

शिवम् सिमेन्टले नेपाली सिमेन्ट जगतमै इतिहास रच्दै सर्वाधिक १३.३१ करोड बोरा ओ.पि.सी. सिमेन्ट विक्री गर्न सफल भएको बताएको छ । शिवम् सिमेन्टले ४३ र ५३ ग्रेडमा ओ.पि.सि. सिमेन्ट उत्पादन गर्दै आएको छ ।

आफ्नै खानीको चुन ढुंगाबाट निर्मित ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको शिवम् सिमेन्ट सर्वसाधारणको लागि सेयर जारी गर्ने नेपालको पहिलो सिमेन्ट कम्पनी हो । शिवम् सिमेन्ट NS Quality Award -2019 प्रथमबाट सम्मानित नेपालकै पहिलो सिमेन्ट कम्पनी पनि हो । कम्पनीले  आगामी दिनमा निरन्तर गुणस्तरीय उत्पादन मार्फत यस सम्बन्धलाई थप उचाई तर्फ लैजाने प्रतिबद्धता समेत जनाएको छ ।

सन् २००३ मा मध्य नेपालको हेटौडा, मकवानपुरमा स्थापित शिवम् सिमेन्ट उद्योगले स्थानीय चुनढुङ्गाको प्रयोग गरी दैनिक ३००० टन ओ.पि.सि. सिमेन्ट उत्पादन गर्दै आएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved