आशा लघुवित्तमा झन् चर्कियो विवाद, राष्ट्र बैंक मौन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2023 | 01:45:54 PM मा प्रकाशित

laxmi  sunrise bank

आशा लघुवित्त वित्तीय संस्थामा व्यवस्थापन र कर्मचारीबीच देखिएको विवाद  झन बढेको छ । विवाद समाधान गर्नका लागि बनेको कमिटीले वार्ता मार्फत समस्या समाधानको पहल गरिरहेको बेला लघुवित्तले कर्मचारीलाई २४ घण्टे अल्टिमेटम सहितको पत्र पठाएपछि विवाद बढेको हो ।

वार्ताबाट समस्या समाधानको पहल भईरहेको बेला लघुवित्तले कर्मचारीलाई काममा फर्किन निर्देशन दिंदै २४ घण्टाभित्र लिखित जवाफ माग गरेपछि विवाद थप बढेको हो । लघुवित्तका निमित्त प्रमुख कार्यकारी अधिकृत बद्रि दुलालद्धारा हस्ताक्षर गरिएको निर्देशनात्मक पत्र बिहीबार प्राप्त भएको शाखा प्रमुखहरुले जनाएका छन् ।

पत्रमा मंसिर १५ गतेदेखि दैनिक कार्यालय सञ्चालन गर्न निर्देशन दिइएको छ । साथै बैंक तथा वित्तीय सेवा अत्यावश्यक भएको भन्दै यस्तो सेवा गैरकानुनी भएकोले यसको क्षतिपूर्ति कसले ब्याहोर्ने, सो को जवाफ समेत २४ घण्टाभित्र पेश गर्न भनिएको छ । त्यस्तै तोकिएको समयमा कार्य सञ्चालन नगरे कर्मचारी विनियमावली अन्तर्गत कारवाही हुने समेत उल्लेख छ।

यता, उक्त पत्रको जवाफ दिंदै एक शाखा प्रमुखले समस्या समाधानका लागि वार्तामा बसिरहेका बेला यस प्रकारको स्पष्टीकरण सोधिनु बदिनियतपूर्ण भएको बताएका छन्। उनले सञ्चालक समितिले समस्या सुल्झाउनका लागि गठित वार्ता नै भंग हुनेगरी स्पष्टीकरण सोधिएको भन्दै आवश्यक कारबाहीको माग गरेका छन् । 

यता, नियामक निकाय नेपाल राष्ट्र बैंक भने आशा लघुवित्तका सन्दर्भमा कुनै औपचारिक जानकारी नआएको दाबी गर्छ । लघुवित्त सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपाल आफूलाई अनौपचारिक जानकारी भएपनि औपचारिक रुपमा कुनै पत्र नआएको बताउँछन्। समस्या समाधानका लागि आफूले मौखिक निर्देशन दिएको उनको भनाई छ । लघुवित्तको उक्त समस्या आन्तरिक भएको भन्दै कार्यकारी निर्देशक नेपालले सञ्चालक समितिले दुवै पक्षलाई वार्तामा बोलाएको जानकारी आफूले प्राप्त गरेको बताए । यसमा राष्ट्र बैंकले थप केहि कदम नचालेको उनको भनाई थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved