हिमालयन लघुवित्तद्धारा कर्मचारीलाई तालिम प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2023 | 03:00:29 PM मा प्रकाशित

laxmi  sunrise bank


हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्नका तालिम प्रदान गरेको छ । यस लघुवित्तले मंसिर २४ देखि ३० गतेसम्म ब्ःीरऋँत्, ऋष्भिलत एचयतभअतष्यल बलम एचयनचबm ःबलबनझभलत तथा अनुगमन अधिकृत तथा केन्द्रीय कार्यालयका कर्मचारीहरुलाई ःयलष्तयचष्लन, क्गउभचखष्कष्यल बलम च्भअयखभचथ सम्वन्धी तालिम कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

तालिम कार्यक्रमको समापन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले संस्थाले हासिल गरेको प्रगति तथा नतिजा कर्मचारीहरुकै अथक मिहेनत, प्रयास र परिश्रमको फल भएको बताए । उनले नेपालमा लघुवित्त संस्थाहरुले प्रभावकारी रुपमा सेवा प्रदान गरिरहेको परिवेशमा विगत केही समयदेखि लघुवित्त क्षेत्रमा देखिदै आएको विविध खालको असहज परिस्थितिको बावजुद पनि विचलित नभईकन ग्राहकलाई सर्वोपरी मानि आफ्नो सेवाहरु उच्च मनोवलका साथ निरन्तररुपमा प्रदान गर्न निर्देशन दिए ।

हिमालयन बैंकको सहायक कम्पनी समेत रहेको राष्ट्रियस्तरको यस लघुवित्तले हाल ७५ शाखा कार्यालयहरु मार्फत ७६ हजार भन्दा बढी सदस्यलाई लघुवित्तीय सेवाहरु प्रदान गर्दै रु. ९४ करोड बचत संकलन गरी रु. ४ अर्ब ४१ करोड लगानी गरेको जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved