लघुवित्त बैंकर्स संघमा नयाँ नेतृत्व चयन हुँदै, अध्यक्षमा यादव र लम्सालको दाबी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2023 | 01:23:16 PM मा प्रकाशित

laxmi  sunrise bank

लघुवित्त वित्तीय संस्थाका सीइओहरुको छाता संस्था नेपाल लघुवित्त बैंकर्स संघको साधारणसभा जारी छ । साधारणसभाले नयाँ कार्यसमिति पनि चयन गर्ने छ ।

हाल संघको नेतृत्व कार्यबाहक अध्यक्षको रुपमा रहेका राम बहादुर यादवले गरिरहेका छन् । उनी नेशनल माइक्रोफाइनान्सका सीइओ हुन् । 

संघको नयाँ नेतृत्वको लागि हालका कार्यबाहक अध्यक्ष राम बहादुर यादव र पूर्व अध्यक्ष बसन्त लम्सालको दाबी छ । बसन्त लम्साल विजय लघुवित्तका सीइओ हुन् । सहमति नै नेतृत्वको प्रयास गरिने सीइओहरुले बताएका छन् । 

साधारणसभामा  आ.व. २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, आ.व. २०७९/८० को वार्षिक लेखा परीक्षण प्रतिवेदन छलफल गरि पारित गर्ने, आ.व. २०८०/८१ को वार्षिक कार्यक्रम तथा बजेट छलफल गरि पारित गर्ने, आ.व. २०८०/८१ को लागि लेखा परीक्षक नियुक्ति गर्ने तथा पारिश्रमिक तय गर्ने लगायतका प्रस्ताव पेश हुने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved